Advertisement GIF
ऊर्जा मन्त्री खड्का भन्नुहुन्छ, ‘टेक एन्ड पे’ संसोधन गर्न अर्थ मन्त्रालयमा पठाएका र्छाैं

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘टेक एन्ड पे’ नीति संशोधनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको बताउनु भएको छ । आज (सोमवार) प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले बजेटमा आएको ‘टेक एन्ड पे’ संशोधनका लागि पत्राचार भइरहेको र संशोधन हुने विश्वास लिएको बताउनु भएको हो ।

‘नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त राय सुझावसमेतका आधारमा १० मेगावाटसम्मका साना जलविद्युत् आयोजनाका साथै विद्युत् खपत वा निर्यात सुनिश्चितता भएका ठूला ‘रन अफ रिभर’ आयोजनाको विद्युत् खरिद बिक्री सम्झौतामा ‘टेक अर पे’ प्रावधान उपयुक्त हुने भएकाले ऊर्जा मन्त्रालयले संशोधन गरेर अर्थ पठाएको ब्यहोरा अनुरोध गर्न चाहन्छु,’ मन्त्री खड्काले भभ्नु भयो ।

निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले बजेटमा आएको टेक एन्ड पेसम्बन्धी व्यवस्थाले विद्युत निर्माणमा अवरोध गर्ने भन्दै चर्काे विरोध गर्दै आइरहेका छन् । सरकारले खरिद गरिएको विद्युतको मात्र पैसा दिने गरी टेक एन्ड पेको व्यवस्था वजेटमार्फत ल्याएको छ ।