Advertisement GIF
कडा संघर्षबीच सफल उद्यमी बन्दै अपाङ्गता महिला गंगा छन्त्याल

उनको बच्चाअवस्थामै पोलियो थोपा खान नपाएर कम्मरदेखि तलको भाग राम्रो चल्दैन । यसरी अपाङ्गता भएपछि उनलाई पढाइमा समस्या भयो । गाउँको विद्यालय टाढा भएकोले जान आउन सधैं कठिन भइर¥यो । यही समस्याले उनी कक्षा ६ पढ्दै गर्दा राजधानी प्रवेश गरिन् । र, ७ वटा विद्यालयमा पढ्नि । शारीरिक समस्याले विद्यालय जान र आउन समस्या भएकोले सहज खोज्दा खोज्दै उनले धेरै विद्यालय चहार्नु परेको थियो ।

बिना लिम्बू /काठमाडौं

बाग्लुङको तमानखोला गाउँपालिका– ५, नर्जाखानीमा २०४७ मा जन्मिएकी गंगा छन्त्याल कडा संघर्षपछि अहिले सफल उद्यमी बनिरहेकी छन् । आमा सुनिता र बुबा कुले छन्त्यालका चार सन्तानमध्ये जेठी छोरी गंगा किसान परिवारमा हुर्किन ।

उनलाई बच्चाअवस्थामै पोलियो थोपा खान नपाएर कम्मरदेखि तलको भाग राम्रो चल्दैन । यसरी अपाङ्गता भएपछि उनलाई पढाइमा समस्या भयो । गाउँको विद्यालय टाढा भएकोले जान आउन सधैं कठिन भइर¥यो । यही समस्याले उनी कक्षा ६ पढ्दै गर्दा राजधानी प्रवेश गरिन् । र, ७ वटा विद्यालयमा पढ्नि । शारीरिक समस्याले विद्यालय जान र आउन समस्या भएकोले सहज खोज्दा खोज्दै उनले धेरै विद्यालय चहार्नु परेको थियो ।
अनि खगेन्द्र नवजीवन केन्द्रमा पुगेपछि त्यहीँबाट एसएलसी २०६५ मा उतीर्ण गरिन् । नवोदित कलेज, सामाखुसीमा प्रविणता तहमा भर्ना भएर त्यहाँको पढाई पूरा गरेपछि स्वरोजगारका लागि प्रयास गर्दा अपाङगता र प्रष्ट बोली नभएको कारण काम पाउन नसकेको उनको अनुभव छ । २०७२ मा सिन्धुपाल्चोकका कुशल तामाङसँग विवाह गरिन् । अहिले उनीहरुका छोरा ९ पुगिसकेका छन् ।

कामको खोजीमा ३ वर्ष भौतारिएपछि राजधानीकै ब्रिटिस काउन्सिलसँगै एक घरको आँगन भाडामा लिएर भाडामा पार्किङ गरेको थियो । त्यहा मासिक १० हजार रुपैयाँमा काम थालिन् । त्यहाँ केही समय काम गरेपछि राजधानीको बालाजुमा चिया पसल खोलिन् । २ वर्षसम्म चिया पसल चलाइन् । त्यो बेला नेपालमा पठाऊ आयो । उनीसमेत १० जना अपाङ्गता भएका व्यक्ति पठाऊमा काम गर्न थाले । त्यसमा गंगा पनि एक थिइन् ।
पठाऊमा ७ महिना काम थालेपछि घरमा बालबच्चा भएकोले समस्या भयो र त्यो काम पनि छोडेर बस्न थालिन् । ‘पठाऊमा महिला भएकोले पुरुषहरुले नराम्रो दृष्टिले हेर्ने गरेपछि दिक्क लागेर पनि त्यो काम छोड्न वाध्य भएँ ।’ उनले कल्पवृक्षसित भनिन् ।
त्यहीबेला गार्मेण्टको तालिम खुल्यो । नेपाल अपाङ्ग संघमा तीन महिना तालिम लिएपछि त्यसले नपुगेर पुनः १ वर्ष थप तालिम लिइन् । र, ५ हजार रुपैयाँबाट गार्मेण्टका सामान बनाउन थालेको उनले स्मरण गरिन् । उनले बच्चाका टिसर्ट, हाफ्प्याण्ट, कट्टुहरु शंखमुलमा बनाउँदै लगनखेल लगेर बेच्न थालिन् । ‘त्यो बेलामा कोरोनाका कारण माक्सहरु राम्रो बिक्री भयो । दैनिक ४ देखि ५ हजार रुपैयाँसम्मको व्यापार हुन्थ्यो ।’– गंगाले सुनाइन् ।

त्यसपछि शंखमूल छोडेर बालाजु सर्दै युनिक सेवा गार्मेण्ट दर्ता गरिन् । यसमा उत्पादन भएका सामानको नाम ‘सेमो’ अर्थात छन्त्याल भाषामा यसलाई धन्यवाद भनिन्छ । टिसर्ट, हुडी, ज्याकेट, टाउजर, स्याण्डोदेखि फेन्सी कपडाहरु तयार गर्न थालिन्ं । अहिले उनीसित काम गर्ने १२ जना कामदार छन् । उनीहरुलाई सामान उत्पादन गरेको हिसाबमा पैसा दिइन्छ । एक जनाले मासिक १५ हजारदेखि ६० हजार रुपैयाँसम्म कमाउने गरेका छन् । गंगा भने वार्षिक २४ लाख रुपैयाँसम्मको काम उद्योगबाट गर्दै आएकी छन् । तीन जनाको परिवार यही उद्योगले चलाएर आय भएको रकम उद्योगमा लगानी गर्दै १५ लाख जतिको सम्पत्ति जोड्न सफल भएको उनको भनाइ छ । ‘अहिलेसम्म अरुले ल्याएका कच्चा पदार्थ लिएर सामान बनाउने गरेकीमा अबभने कच्चा पदार्थ पनि आफैं लिएर उद्योगलाई थप मजबुत बनाउने लक्ष्य छ ।’– गंगाले भनिन् ।

उनको क्षमता र मिहेनतका कारण चारवटा संस्थाले पुरस्कृत गरेका छन् । हात्ती– हात्ती, नेपाली युथ अन्टरपेनर फोरम, न्यू बिजनेस, अपाङ्ग संघसमेतका संस्थाले उनीलाई पुरस्कृत र सम्मान गरेका छन् । अपाङ्ग भनेर हेयको दृष्टिले हेर्नेहरु अहिले भने राम्रो मान्न थालेकोमा उनी सन्तुष्टि व्यक्त गर्छिन् । अब अपाङ्गले पनि केही गर्न सक्छन् भनेर देश विदेशमा सक्रिय भएर लागि पर्ने उनको योजना रहेको छ ।

उनको उद्योगमा धेरै समस्या छन् । ‘अपाङ्ग भनेपछि बैंकहरुले ऋण नदिने, घर परिवाराबट पनि सोचेजस्तो सहयोग नपाइने, उद्योग चलाउनदेखि बजार व्यवस्थापन गर्नसम्म समस्या नै समस्या भोग्नु पर्छ । यी र यस्ता समस्याबीच म भने डटेर उद्योगलाई थप उचाइमा पु¥याउन लागिरहेकी छु ।’– उनले कडा हिम्मतका साथ भनिन् ।