Advertisement GIF
श्रीमान् स्वास्थ्य सचिव : श्रीमति तोकको भरमा नर्शिङ प्रशिक्षक अधिकृत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले आफ्नो पदको औकात देखाउँदै श्रीमति श्रीमती विष्णु भुजेललाई तोकको भरमा अधिकृत तहको जागिरमा नियुक्ति दिलाएका छन् । विना प्रतिस्पर्धा सचिवकी श्रीमति विष्णु भुजेल करारमा अधिकृत भएकी हुन् ।

थापाथलीमा रहेको परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको नर्सिङ क्याम्पसमा उनकी श्रीमतीलाई प्रशिक्षकको जागिर खुवाएको खुल्न आएको छ । विष्णु गत जेठ १ गतेबाट अधिकृत सातौं तहको प्रशिक्षक नियुक्त भएकी हुन् ।

यो नियुक्तिलाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव डा देवकोटाको उपहास दैनिक भइरहेको एक स्वास्थ्यकर्मीले बताए । श्रीमति विष्णुलाई जागिर खुवाउनकै लागि डा देवकोटा सचिव बनेका हुन् ? जस्ता प्रश्नसमेत कनिष्ट कर्मचारीले गर्न थालेका छन् ।