इरान र इजरायल युद्धमा पर्ने भयले देश फर्कन चाहने नेपालीमध्ये ११ जना भोलि (मंगलवार) आइपुग्दैछन् । यो कुरा परराष्ट्रमन्त्री डा आरजु राणाले संघीय संसदमा बताएकी हुन् । भारत सरकारको सहयोगमा उनीहरु नेपाल आइपुग्न लागेका हुन् ।
उनीहरु तेहरानबाट इरानको मदस शहरमा पुगेको मन्त्री देउवाले जानकारी दिइन् । ५ जना भने त्यहाँको कारागारमै छन् । उनीहरुलाई कारागारमुक्त गराउन कूटनीतिक पहल भइरहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।