Advertisement GIF
कल्पवृक्ष
असार ९ सोमबार, ७:४७ अपराह्न
६१ किलो सुन प्रकरण : अमला पुनः पक्राउ

चर्चित ६१ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेकी अमला रोका अदालतमा धरौटी बुझाएर छुटेलगत्तै पुनः पक्राउ परेकी छन् । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार २ लाख रुपैयाँ धरौटी बुझाएर छुटेकी अमलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सम्पत्ति शुद्धिकरणमा पक्राउ गरेको हो । यसअघि पनि अमलालाई ब्युरोले नै पक्राउ गरेको थियो ।

रोकालाई सम्पत्ति शुद्धिकरण विभागबाट पनि पत्र आएकाले पक्राउ गरेर पठाइएको ब्यूरोले जनाएको छ । प्रहरीले रोकालाई राजधानीको टोखाबाट पक्राउ गरेको थियो । अमला सुन काण्डमा मुसिएका बेल्जियन नागरिक दावा छिरिङका श्रीमती हुन् । उनको ठमेलमा होटेल भियना छ ।