सरकारले पूर्व मुख्यसचिव शंकरदाश बैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरण छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को सोमबार (आज) बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिमा सरोकार भएका मन्त्रालयका सह-सचिवहरु सदस्य रहनेछन् । समितिलाई एक महिनाको समय दिएको छ ।
यो प्रकरणको छानविन माग गर्दै राप्रपा र रास्वपाले संघीय संसद बहिस्कार गर्दै आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।