अमेरिकी सैन्य बेस कतारमा इरानले मिसाइल आक्रमण गरेको छ । कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेको हो । इरानी मिडियाहरूले अमेरिकालाई मजबुत र विजयीु जवाफ दिएको दाबीसहितको समाचार प्रकाशित गरेका छन् ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको एउटा विज्ञप्तिमा कतारको अल उदेद एयर बेसलाई लक्षित गरिएको भए पनि कतार वा कतारी जनतालाई कुनै खतरा भएको छैन । इरानी अधिकारीहरूले उक्त आक्रमणमा प्रयोग गरिएका मिसाइलहरूको सङ्ख्या अमेरिकाद्वारा तीन वटा इरानी परमाणु केन्द्रमाथि प्रयोग गरिएका बमबराबर रहेको उल्लेख गरेकाछन्।