अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान– इजरायलबीच २४ घण्टाभित्र युद्धविराम हुने बताएलगत्तै इरानले इजरायलमा मिसाइल प्रहार गरेको छ । इरानले मिसाइल प्रहार गरेपछि इजरायली सेनाले साइरन बजाएर आफ्ना नागरिकलाई सुरक्षित स्थानमा रहन भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको सहमति भएको भने पनि इरानी अधिकारीहरूले खण्डन गरिरहेका छन् ।
इजरायली सेनाले आफ्नो हवाई सुरक्षा प्रणाली सक्रिय गरेको र नागरिकहरूलाई सुरक्षित रहन भनेको छ । इजरायली सेनाले इरानले प्रहार गरेका मिसाइललाई बीचमै रोकिएको र आफ्नो हवाई सुरक्षा प्रणालीले सक्रियतापूर्वक काम गरिरहेको जनाएको छ ।