मेची राजमार्गको पाँचथर जिल्लामा पर्ने फिदिम–४ र हिलिहाङ– ७ बीचको हेंवाखोलामा पानीको सतह बढेपछि यातायात अवरुद्ध भएको छ । पक्की पुल, बेलिब्रिज बगाएपछि नयाँ बेलिब्रिज जडानकै क्रममा भाँच्चिदा डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो । हिजो (सोमवार) देखिको अविरल वर्षाले खोलामा पानीको बहाव बढेर डाइभर्सन नै नाँघेको छ ।
जसकै कारण यातायात सञ्चालन हुन सकेको छैन । ताप्लेजुङबाट फिदिम, इलाम, झपा आउँदै गरेका र झापा, इलाम तथा फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेका मालवहाक तथा यात्रुवहाक गाडी हेंवाखोलामै रोकिएका छन् । पानीको बहाव कम भएपछि डाइभर्सन मर्मत गरेर यातायात सञ्चालन गर्ने प्रशासनले जनाएको छ ।
पाँचथरकै स्थानीय सडक फिदिम– फालौट सडकखण्ड अन्तर्गतको सिदिन र प्राङबुङ जोड्ने मुवा खोलाको डाइभर्सनमा बाढीले क्षति पुगेको छ । यहाँ पनि यातायात
अवरुद्ध भएको छ ।