Advertisement GIF
विपद् जोखिम न्यूनिकरण र प्रतिकार्यका लागि तीन स्थानमा हेलिकप्टर राखिएको छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनिकरण था प्रतिकार्यका लागि काठमाण्डौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारीहालतमा राखिएको बताउनुभएको छ । मंगलबार राजधानीको अनामनगर युनियन हाउसमा भएको विपद् व्यवस्थापनमा पत्रकारको भूमिका विषय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले मुलुकका तीन स्थानका साथै अन्य स्थानमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी हालतमा राख्ने तयारी भइरहेको बताउनुभयो ।

“आवश्यकता अनुसार हेलिकप्टर एसोसियसनसित पनि हेलिकप्टर तयारी हालतमा राख्ने विषयमा समन्वय भएको छ ।” गृहमन्त्री लेखकले भन्नुभयो–“ सीमित स्रोत साधनकाबिच विपद् प्रतिकाय एवं न्यूनीकरणका लागि सरकार लागि परेको छ ।” उहाँले प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायीलगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्यूनिकरण तथा प्रतिकार्यमा जुट्नुपर्ने मन्त्री लेखकको जोड थियो ।

विपद् खोजिम न्यूनिकरण एवं व्यवस्थापन गर्ने कार्यमा पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । “ हामी अत्यन्त ज्यादा विपद्को जोखिम भएको भूगोलमा छौं ।” लेखकले भन्नुभयो–“ जुनसुकैबेला जे सुकै हुनसक्छ । बाढी, पहिरो, डुबान बारेमा पुर्वानुमान गर्न सकिन्छ तर भूकम्पका बारेमा सकिन्न । त्यसकारण हमेसा तयारी अवस्थामा बस्न जरुरी छ।”

उहाँले सातै वटै प्रदेशमा रहेको आपतकाली गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताउनुभयो । संघीय मर्म अनुकूल भएन भनेर सबै गोदाम (काठमाण्डौं बाहेक केन्द्रीय गोदामघर) बाहेक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।लअहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै उहाँले सरकारले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि गर्नुपर्ने तयारी गरिरहेको बताउनुभयो ।