Advertisement GIF
कल्पवृक्ष
असार ११ बुधबार, ९:५८ पूर्वाह्न
सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिका– १० निबुवाटोलमा सेफ्टीट्याङ्कमा खसेर दुई जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साह छन् ।

रौतहट प्रहरीका अनुसार दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए ।उपचारका लागि अस्पताल लगिएपनि उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।