विद्युतको बुटवल सब–स्टेसनमा लागेको आगो नियन्त्रणपछि पश्चिम क्षेत्रमा विद्युत आपूर्ति सुरु भएको छ । स्टेसनमा आगलागीहुँदा सुनवलदेखि पश्चिम क्षेत्रमा विद्युत गत राति (१० गते राति) देखि अवरुद्ध भएको थियो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका– १०, योगिकुटीमा रहेको विद्युत सब–स्टेसनमा मंगलबार राति ८ बजेर ४५ मिनेटमा आगलागी सुरु भएको थियो । आगोले एउटा ए पनि एउटा ट्रान्सफर्मर जलेर क्षतिग्रस्त भएको बताइन्छ ।