Advertisement GIF
कल्पवृक्ष
असार ११ बुधबार, १०:१४ पूर्वाह्न
कोरोनाले इलामकी महिलाको मृत्यु

कोरोना संक्रमण देखिएकी इलामको सूर्योदय नगरपालिकाकी ३९ वर्षीया महिलाको मृत्यु भएको छ । विराटनगरको मंगलबार (हिजो) बिहान नोबेल अस्पतालमा भर्ना भएर उपचाररत उनीको मृत्यु भएको हो ।

उनीलाई ज्वरो र सासफेर्न कठिन भएपछि झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नोबेल अस्पताल रेफर गरिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोशी प्रदेशमा ८ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये झापामा चा।m मोरङ तथा इलामका २–२ जना रहेका छन् ।