Advertisement GIF
कल्पवृक्ष
असार ११ बुधबार, २:०० अपराह्न
भोटखोलामा न्यून बजेट : पूर्वको कर्णालीलाई ठूलो उपेक्षा

संखुवासभाबाट चीनको डेन्दाङ सीमावर्ति भोटखोला गाउँपालिकामा सरकारले आगामी आर्थिक वर्षका लागि १९ करोड २५ लाख ४९ हजार रुपैयाँमात्र बजेट उपलब्ध गराउने भएको छ । यो क्षेत्र विकटताका कारण पूर्वको कर्णाली उपमा लिइन्छ । अति विकट, यातायात सेवा, सञ्चारसमेत नपुगेको किमाथाङ्का, चेपुवा, हटिया र पावाखोला गाउँ विकास समितिको संयोजन गरेर भोटखोला पालिका बनेको हो ।

विकट भू– बनोटका कारण विकास र निर्माणका काममा ठूलो समस्या तथा लगानी आवश्यक पर्ने स्थानमा सरकारले अति कम बजेट उपलब्ध गराएको पालिकाका अध्यक्ष वाङ्छेदर लामा बताउनु हुन्छ । पालिकाको १२ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२÷०८३ को अनुमानित आय तथा व्ययमा पालिकाले ३६ करोड ६ लाख ६० हजार ३ सय ८४ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

सरकारबाट प्राप्त हुने अनुदान रकमभन्दा करिव १७ करोड रुपैयाँ बढीको बजेट तय भएकोले उक्त रकम जुटाउन पालिकालाई समस्या पर्ने देखिन्छ । पालिका अध्यक्ष लामा विकटता, गरिवी र विकास निर्माणका कृयाकलापमा पछि परेको यो क्षेत्रका लागि सरकारले थप बजेट व्यवस्था गर्नु पर्ने बताउनु हुन्छ ।