Advertisement GIF
कल्पवृक्ष
असार १२ बिहीबार, ८:२८ पूर्वाह्न
कैलालीमा वृद्ध मृत : एक जना पक्राउ

कैलाली जिल्लामा ८० वर्षीय वृद्ध मृत फेला परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका– १ का ८० वर्षीय नयाँराम जैशी बुधबार (हजो) साँझ करिव साढे ५ बजे मृत अवस्थामा फेला परेको स्थानीय प्रहरीले जनाएको छ ।

जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जैशी भान्जा नाता पर्ने स्थानीय ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा मृत फेला परे जानकारी दिए । प्रहरीले भाञ्जा भण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।