प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जान लाग्नु भएको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने हुनुभएको हो ।
स्पेन भ्रमणका क्रममा यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा उहाँले भाग लिनु हुनेछ ।