Advertisement GIF
कल्पवृक्ष
असार १२ बिहीबार, ९:३० पूर्वाह्न
बाढीले बगाउँदा सब– इन्जिनियरको मृत्यु

ललितपुरमा खोलाको बाढीले बगाउँदा सव– इन्जिनियरको मृत्यु भएको छ । जिल्लाको महाँकाल गाउँपालिका– ६, ठूलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाउँदा सव–इन्जिनियर २१ वर्षीय सविन दाहालको मृत्यु भएको हो ।

बुधबार (हजो) साँझ ठूलादुर्लुङस्थित भर्‍याङ खोल्सामा आएको बाढीले बगाउँदा महाँकाल– ४, कालेश्वर स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका– २९, हरिसिद्धि बस्ने दाहाल बेपत्ता भएका थिए। खोजीका क्रममा गए राति १० बजेतिर उनको शव फेला परेको हो ।