Advertisement GIF
कल्पवृक्ष
असार १२ बिहीबार, ९:३१ पूर्वाह्न
अरुण नदीमा बेपत्ता भए दुई बालिका

भोजपुरको हतुवागढी– ९ मचुवाटारका दुई बालिका अरुण नदीमा बेपत्ता भएका छन् । भोजपुर प्ररहीका अनुसार बेपत्ता हुनेमा १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई छन् ।

‘उनीहरु बुधबार दिउँसो नुहाउन भनेर अरुण नदीमा गएका थिए । साँझसम्म पनि नफर्किएछि आफन्तले प्रहरीलाई खबर गरेका र खोजी गर्दा फेला परेनन् । उनीहरु कक्षा ८ मा पढ्ने विद्यार्थी हुन् ।