Advertisement GIF
कल्पवृक्ष
असार १२ बिहीबार, ७:५६ अपराह्न
प्रधान न्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

सर्वाेच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले आज नेपाली सेनाको मृख्यालयको निरीक्षण भ्रमण गर्नु भएको छ । सर्वोच्च अदालतबाट न्यायिक निकायहरुको नियमित निरीक्षणको सिलसिलामा सैनिक विशेष अदालतको निरीक्षण भ्रमण भएको सैनिक मुख्यालयले जनाएको छ ।

प्रधान न्यायाधीश राउतको नेतृत्वमा भएको निरीक्षणको क्रममा जंगी अड्डामा अवस्थित सैनिक विशेष अदालतबाट हुने गतिविधिको सम्बन्धमा जानकारी हासिल गरी प्रधान न्यायधीशले सैनिक न्याय प्रणालीसँग सम्बन्धितहरुलाई विशेष निर्देशनसमेत दिनु भएकोछ । निरीक्षण भ्रमण टोलीलाई जंगी अड्डामा प्रधान सेनापति महारथी अशोकराज सिग्देलले स्वागत गर्नु भएको थियो ।

भ्रमण कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायधीश लालबहादुर कुँवर, सैनिक विशेष अदालतका अध्यक्ष न्यायधीश लेखनाथ पौडेल, सर्वोच्च अदालतका रजिष्टार बिमल पौडेललगायतका पदाधिकारीहरु, रथी तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।