Advertisement GIF
कल्पवृक्ष
असार १२ बिहीबार, ८:४४ अपराह्न
लागुऔषध दुर्व्यसनरहीत घर अभियान सुरु

ललितपुर महानगरपालिकाबाट लागूऔषध दुर्व्यसनरहीत घर अभियान– २०८२ शुरु भएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र प्रहरी महानिरीक्षक दिपक थापाले संयुक्त रुपमा यो अभियानको शुभारम्भ गर्नुभयो । जिल्ला प्रहरी परिसर ललितपुर र सामुदायिक सेवा केन्द्र सानेपाको संयुक्त आयोजनामा लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा उक्त अभियान शुभारम्भ भएको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जन र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङबीच लागूऔषध दुर्व्यसनरहीत घर अभियान– २०८२ सम्बन्धी समझदारीपत्र आदान प्रदानसमेत भएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख महर्जन, प्रहरी महानिरीक्षक थापा, प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो ।