यही आषाढ ९ गते उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी गौरवकुमार केसीलाई आज (शुक्रबार) प्रधान सेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।
पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतना मुख्यालय इटहरीको पृतनापतिमा नियुक्त हुनु भएको सैनिक मुख्यालयले जनाएको छ । यसअघि उहाँ पूर्वी पृतनामै निमित्त पृतनापति रहेर काम गर्दै आउनु भएको थियो ।