नेपाली कांग्रेसले केन्द्रीय कार्यालय परिसरसँगै जोडिएको एक रोपनी तीन आना जग्गा किन्ने सम्झौता गरेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा परिरसँगै जोडिएको घरसहितको जग्गा कांग्रेसले १३ करोड रुपैयाँमा किन्ने गरी सम्झौता गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालय परिसर विस्तार गर्ने गरी कार्यालय अगाडिपट्टि १९ आना थप गर्न लागेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।