पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीले सकिक्रय राजनीतिमा फर्कनु हुन्छ या हुन्न ? पक्ष र विपक्षबीच बहस चलिरहेको समयमा उहाँले नेकपा एमालेमा आफ्नो पार्टी सदस्य नवीकरण गरेको र पुनः पार्टीमा जोडिएको बताउनु भएको छ । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७४ औं जन्मजयन्तिको स्मृतिमा आयोजित राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै पूुर्व राष्ट्रपति तथा एमालेकी पूर्व उपाध्यक्ष भण्डारीले उक्त कुरा बताउनु भएको हो ।
(आज) शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको ‘नताको बहुदलीय जनवादका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले भन्नु भयो, ‘पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुन ः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’
उहाँले एमालेमा सक्रिय रहेपनि त्यस्तो कुनै विशिष्ट अभिलासा भने आफूमा नरहेको पनि बताउनु भयो ।