प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मिति नतोकिँदै पार्टीभित्रका केही स्वार्थ तत्वहरूलाई महाधिवेशन लागेको बताउनुभएको छ ।
जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा संघद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कंकालीमा आयोजित वृक्षरोपण कार्यक्रममा बोल्दै उहाँले आफूहरुको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–८४ रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘यस्तो स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाब किताब गरिने छ ।’
आजै उहाँले प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको शालिक अनावरण गर्नुभएको छ । नागार्जुन नगरपालिका–७ मा अधिकारीको शालिक र मनमोहन पार्क रहेकोे छ ।
(जनआस्थाबाट)