Advertisement GIF
कल्पवृक्ष
असार १४ शनिबार, ६:४५ अपराह्न
पाँचथरको सिवामा ग्रिनेड बम : सेनाले गर्यो डिस्पोज

पाँचथरको सदरमुकाम फिदिम नगरपालिका–६, सिवाका प्रेम तुम्रोकको घरमा फेला परेको ग्रिनेड बम नेपाली सेनाले डिस्पोज गरेको छ । फिदिमको ओदिमा रहेको नेपाली सेनाको वीरदल गुणको बम डिस्फोज टिमले उक्त बम डिस्पोज गरेको हो ।

केही समयदेखि घरमै राखिएको उक्त बमको विषयमा घरका सदस्यलाई पनि जानकारी नभएको प्रहरीको भनाइ छ । यो बम केही वर्षअघिदेखि नै राखिएको अनुमान गरिएको छ ।