Advertisement GIF
कल्पवृक्ष
असार १५ आइतबार, १०:४८ अपराह्न
नेपाली सेनाबाट ९९१ जनाको निः शुल्क उपचार

नेपाली सेनाले झापा र पाँचथरमा ९ सय ९१ जनाको निः शुल्क उपचार गरेको छ । सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार झापाको मेचीनगर नगरपालिका– २, बुद्धचोकमा रहेको मेची जनसाधारण माध्यमिक विद्यालय परिसरमा ६ सय ३९ जना र पाँचथर जिल्लाको फालेलुङ्ग गाउँपालिका– ७, सिदिनमामा ३ सय ५२ जनाको निः शुल्क उपचार गरिएको हो ।

सेनाको झापामा रहेको अरिदमन गण र पाँचथरको वीरदल गणको आयोजनामा यी शिविर सञ्चालन भएका हुन् । शिविरमा बाल रोग, प्रसूति तथा स्त्री रोग, डेन्टल, नाक, कान तथा घाँटी रोगलगायतका विशेषज्ञ डाक्टरबाट निः शुल्क स्वास्थ्य चेकजाँच तथा औषधि वितरण गरिएको छ ।

झापामा महिला ४ सय ३७ र पुरुष २ सय २ जनासमेत ६ सय ३९ जना र पाँचथरमा महिला १ सय ५९, पुरुष १ सय ६१ र बालबालिका ३२ समेत ३ सय ५२ जना को उपचार गरिएको सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो ।