Advertisement GIF
कल्पवृक्ष
असार १६ सोमबार, ७:३० पूर्वाह्न
नेपालमा सैनिक कूटनीति
–सुरेन्द्र सुवेदी
सैनिक कूटनीति भन्नाले कुनै देशले आफ्ना सुरक्षा र परराष्ट्र नीतिका लक्ष्यहरू हासिल गर्न सेनाका माध्यमबाट अन्य मुलुकसँग गर्ने कूटनीतिक सम्बन्धलाई जनाइन्छ। यो कूटनीतिक अभ्यास परम्परागत कूटनीतिमा आधारित भए पनि यसको मुख्य स्रोत सेना वा रक्षा निकाय हुन्छ । देशले आफ्नो सैन्य संयन्त्रजस्तै सेना, सैनिक सहयोग, संयुक्त अभ्यास, तालिम, सुरक्षा संवादसमेतमा प्रयोग गरी विदेशसँगको सम्बन्ध सुदृढ गर्ने प्रक्रिया हो। यो कूटनीतिको एउटा अवयव हो जुन परराष्ट्र नीतिअन्तर्गत आउँछ । देशको भू– राजनीतिक अवस्थालाई ध्यानमा राखेर नेपालमा सैनिक कूटनीतिको भूमिका पछिल्लो समय विशेष महत्वपूर्ण बन्दै गएको छ ।
सैनिक कूटनीतिको प्रमुख उद्देश्य
क, सैन्य सहकार्य र तालिमस् मित्र राष्ट्रहरूसँग संयुक्त अभ्यास, तालिम आदान–प्रदान ।
ख, सुरक्षा सम्बन्ध सुदृढ बनाउनेस् सामरिक साझेदारी, रक्षा सम्झौता आदिका माध्यमबाट ।
ग, आन्तरिक सुरक्षा सुदृढीकरण र अन्तर्राष्ट्रिय अनुभवबाट सिकेर स्वदेशको सुरक्षा बललाई सक्षम बनाउने ।
घ, शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघमार्फत शान्ति स्थापनामा संलग्नता ।
ङ, भूराजनीतिक प्रभाव विस्तार र सैन्य सम्बन्धबाट राजनीतिक प्रभाव विस्तार गर्ने प्रयास ।
सैनिक कूटनीतिका साधन
क, डराएका विदेशी मुलुकहरूमा खटाइएका सैनिक प्रतिनिधि ।
ख, संयुक्त सैन्य अभ्यास
ग, दुईक्षीय वा बहुपक्षीय सुरक्षा सम्झौता
घ, हथियार किनबेच र सहयोग कार्यक्रम
ङ, शान्ति सेनामा सहभागिता
नेपाल र सैनिक कूटनीति
क, नेपालले पनि पछिल्लो समय सैनिक कूटनीतिमा सक्रियता देखाएको छ ।
ख, भारत, चीन, अमेरिका, बेलायत, पाकिस्तानजस्ताा देशहरूसँग सैन्य सहयोग ।
ग, शान्ति सेना मा नेपाली सेनाको ठूलो उपस्थिति ।
घ, विदेशी देशहरूसँग सैन्य तालिम आदान–प्रदान ।
ङ, काठमाडौंस्थित विदेशी दूतावासमा कार्यरत डराएका व्यक्तिहरुसँग सम्बन्ध ।
सैनिक सम्बन्धका मुख्य अंगहरू
नेपाल दुई ठूला शक्तिशाली देश भारत र चीनबीचमा अवस्थित भएकोले यसको सुरक्षा नीति संवेदनशील छ । सैनिक कूटनीति नेपालले दुबै छिमेकी र अन्य मुलुकसँग सन्तुलन कायम गर्न प्रयोग गर्छ । शान्ति सेना संयुक्त राष्ट्रसंघमार्फत विश्वका विभिन्न देशहरूमा नेपाली सेना खटाइन्छ । हाल नेपाल विश्वमै सबैभन्दा धेरै शान्ति सैनिक पठाउने देशमा पहिलो छ । द्विपक्षीय सैन्य सहयोगभारत, चीन, अमेरिका, बेलायतलगायतका देशसँग सैन्य तालिम, उपकरण, संयुक्त अभ्यासआदिमा सहकार्य हुँदै आएका छन् ।
नेपाली सेनाका अधिकृतहरु भारत, अमेरिका, चीन, बेलायतसमेतका देशका प्रतिष्ठित संस्थामा तालिम लिइरहेका छन् । र, नेपालमा पनि ती देशका सैनिक अधिकृतहरुलाई तालिममा सहमागी गराउने गरिएको छ । सैनिक सहायता र सामाग्री भारत र चीनबाट हतियार, गाडी, मेडिकल सामग्रीअरु सहयोग स्वरूप प्राप्त हुने गरिरहेको छ । नेपालले विदेशी देशहरुका सेनासित उच्चस्तरीय सैन्य प्रतिनिधि आदान–प्रदान, भ्रमण र सम्मेलनमा भाग दिने गरिरहेको छ ।
नेपालको भारतसँग लामो इतिहाससहितको गहिरो सैनिक सम्बन्ध रहेको छ । भारतबाट सैन्य तालिम, हतियार, औषधि सहयोग हुँदै आएका छन् । नेपाल र भारतका सैनिक प्रमुखलाई मानार्थ सेनापतिको उपाधि नेपाल–भारत बीच आदानप्रदान हुने गरेकोछ ।  चीनले हालका वर्षहरूमा सैन्य सहयोगमा सुरक्षा उपकरण, मेडिकल सहायतासमेत गर्दै आएको छ । र,संयुक्त सैनिक अभ्यास तथा तालिमको प्रस्ताव पनि गरिनु पर्छ भन्ने आवाजहरु उठ्न थालेको छ ।
यस्तै अमेरिकाले आतंकवाद विरोधी तालिम, विशेष अपरेशन अभ्यास, सैनिक उपकरण सहायता दिँदै आएको छ । बेलायतले गोर्खा सैनिकको इतिहासले विशेष सम्बन्ध बनाएको छ। बेलायती गोर्खा र नेपाली सेनाबीच सैनिक तालिम र सहायता हुँदै आएको छ । रक्षा मन्त्रालयले  सरकारी नीतिगत निर्देशन दिने गर्छ भने नेपाली सेनाले – कार्यान्वयन पक्ष, विदेशी सेना र मिसनसँग समन्वय गर्छ । परराष्ट्र मन्त्रालयले सैनिक कूटनीतिको समग्र निगरानी गर्दै आएको छ ।
हालसम्म ४४ देशहमा नेपाली सेना शान्ति स्थापनार्थ खटिएका छन् । यसमा महिला सैनिकहरूको सहभागिता बढ्दो छ । यसले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा शान्तिकामी राष्ट्रू को छवि बनाएको छ । सैनिक कूटनीतिका चुनौती पनि छन् । भारत–चीन प्रतिस्पर्धाबीच सन्तुलन कायम राख्नु । राजनीतिक हस्तक्षेपले सेना र कूटनीतिमा असर पर्नु । र, स्रोतसाधनको कमी पनि देखिन्छ ।
आन्तरिक सुरक्षासम्बन्धी प्राथमिकताको कारण सैनिक कूटनीति कम प्राथमिकतामा पर्न सक्ने देखिन्छ । देशले अब रक्षा कूटनीतिक रणनीति बनाउनु जरुरी छ । साना–मझौला देशहरूसँग सैनिक कूटनीति विस्तार गर्नु पर्छ । आन्तरिक क्षमता विकास गरेर शान्ति मिसनमा अझ प्रभावशाली भूमिका खेल्न सकिन्छ र त्यसतर्फ ध्यान दिन सक्नु पर्छ ।
निष्कर्ष
सैनिक कूटनीति राष्ट्रको सुरक्षा, स्थायित्व र अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत पार्ने साधन हो । यो आजको जटिल भूराजनीतिक परिवेशमा एक महत्वपूर्ण कूटनीतिक औजार बनेको छ ।