राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपक बोहोराले निर्वाचन जितेको रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपचुनाव हुने भएको छ । निर्वाचन अयोगले संघीय संसद सदस्य बोहोराको निधनपछि यो क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
यो निर्वाचन क्षेत्रमा सिद्धार्थ नगरपालिकाका १३ वटा वडा, बुटवल उपमहानगरपालिकाका ६ वटा, सियारी गाउँपालिकाका ६ वटा वडा, तिलोत्तमा नगरपालिकाका ४ वटा वडा पर्दछन् । सांसद बोहराको गत वर्ष चैत्र १९ गते निधन भएपछि संसद पद रिक्त भएको थियो। सांसद बोहोराले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडलाई हराएका थिए ।