पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधमा मुद्धा दायर भएको छ । नेपाल प्रहरीको साइबर ब्युरोले (आज) सोमबार पत्रकार पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।
उच्च अदालत पाटनले पत्रकार पाठकलाई नपक्रन आदेश दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । पक्राउ नपरेपनि उनलाई प्रहरीले अदालतमा मुद्धा दर्ता गरेको हो । यु ट्युवमार्फत घुणा र द्वेष फैलाएको उनीमाथि आरोप लगाइएको छ ।