अविरल वर्षाका कारण सुदूरपश्चिमको राजधानी धनगढी र आसपासका क्षेत्रमा धेरै घर डुबानमा परेका छन् । स्थानीय प्रशासनका अनुसार त्यहाँ एक हजारबढी घर डुबानमा परेका हुन् ।
धनगढी उपमहानगरपालिकाका वडाहरु १, २, ३,४,५,७,८ र १० का घर डुबानमा परेका छन् । मानवीय क्षति भने हुनबाट जोगिएको यस्त क्षेत्रमा वर्षात जारी रहेकोले थप घर डुबानमा पर्ने अनुमान गरिन्छ । घरहरु डुबानमा परेपछि त्यहाँ फसेका एक दर्जनबढी बासिन्दालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । वर्षा यथावत रहेकोले उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरिरहेको छ ।