राजधानी काठमाडौंको दरबारमार्गमा लिफ्ट बनाउन खटिएका दुई जना मजदूरको चार तलामाथिबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका अन्दाजी ३० वर्षका प्रदेशी चौधरी र बर्दियाका अन्दाजी २० वर्षका विशाल चौधरी रहेका छन् ।
आज (सोमबार) अपराह्न करिव ५ बजे दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको ९ तले पक्की घरको चौथो तलाबाट उनीहरू खसेका हुन् । लिफ्टमा ग्रिज लगाउन चढेका उनीहरु फलामको सिक्री चुँडिएर भुँईमा खसेका र मृत्यु भएको हो ।