Advertisement GIF
कल्पवृक्ष
असार १६ सोमबार, ९:४८ अपराह्न
छिन्डुम भोटेको नयाँ काइदा : बाँझो जग्गामा खेती अभियान

पूर्वको कर्णाली उपमा लिइने संखुवासभाको भोटखोलाका छिन्डुम भोटेले देशमै पहिलो पटक नयाँ अभियान ल्याएका छन् । गाउँमा बस्ने मानिस नभएर शहर पसेका परिवारका बाँझै भएका जग्गामा दीगो योजनासहित बोटबिरुवा रोपण, कृषिका अन्य उपायबाट हराभरा, भत्केका र भत्कन लागेका घरको जिर्णाेद्वार देखि वन पर्यावरणसम्मका काम छिन्डुमले गर्न थालेका छन् । यसरी उनले सोलुखम्बु र संखुवासभाका गाउँगाउँ पुगेर यस्ता काम गरिरहेका छन् । यो उनको अभियानलाई देशभर पु¥याउने उनले लक्ष्य सुनाए ।

‘पढाइ, जागिर वा अन्य कारणले गाउँ छोडेर बजार पसेका व्यक्ति तथा परिवारका बाँझोमा रुपान्तरण भएका जग्गामा पुनः हरियालीसहित वातावरण संरक्षण र आयमूलक खेती गर्न प्रेरित गर्ने र आफैँले त्यसको व्यवस्थापन गर्ने यो अभियानको उदेश्य हो ।’– छिन्डुमले भने । त्यसवापत उनले केही पारिश्रमिक लिने गरेका छन् । जडिबुटी, फलफुल, काष्ठजन्य विरुवा रोपणसमेतका काम त्यस्ता स्थानमा गर्दै आएको उनको भनाइ छ ।

भोटखोलाको चेपुवा रिदाकमा २०४३ मा जन्मिएका छिन्डुमले रिदाक, लिङ्गमहुँदै खाँदबारीको बरुण बहुमुखी क्याम्पसमा अध्ययन गरे । अध्ययनकै क्रममा वन व्यवस्थापनमा जोडिएका उनी सामुदायिक वन उपभोक्ता महासंघको सदस्यहुँदै जिल्ला सचिवसम्म बने । राजनीतिमा पनि सक्रिय उनी नेकपा एमालेको क्षेत्रीय समिति उपसचिव र  कोशी प्रदेश सम्पर्क समिति  वन वातावरण विभागको संयोजक रहेका छन् ।
कप्सन नेपाल संस्थाको हाल उपाध्यक्ष र सिके रिसर्च एण्ड ग्रिनरी प्रमोसन प्रालि स्थापना गरेर वन र वातावरण संरक्षणमा आफूले सिकेको सीप र ज्ञानलाई विस्तार गर्दै अघिबढिरहेको उनको भनाइ छ ।

वन र वातावरणको अभियानलाई विश्वभर पु¥याउने उदेश्य लिएका उनले ९ पटक विश्वको सर्वाेच्च शीखर सगरमाथा आरोहण गर्ने ज्याम्च्याङ भोटेले पछिल्लो पटक सगरमाथा आरोहण गर्दा सिके रिसर्चको झण्डा नै सगरमाथामा फहराए । आरोही ज्याम्च्याङ अहिले सिकेको चेतनामूलक सामाग्री र झण्डा लिएर अमेरिका पुगेका छन् । उनले अमेरिकाका उच्च अधिकारीलाई वन, वातावरण संरक्षणको संन्देश दिनेछुन् ।

 

जलवायु परिवर्तनको क्षेत्रमा असर पु¥याउने कार्वन बढी उत्सर्जन गर्ने विकसित देशहरुालाई संरक्षण र सम्वद्र्धनको सन्देश विश्वभर दिन पु¥याउने अभियानमा छन् । भन्छन्, ‘देशका सबै दलका कार्यकर्तादेखि नेतासम्म, सामाजिक अभियन्दादेखि सबै क्षेत्रमा सक्रिय भएर समाजमा योगदान दिनेहरुले कुनै न कुुनै आयमूलक काम गर्नु पर्छ, जसका कारण मानिसहरु अनियमिततासित टाढा रहन सक्छन्, त्यस्ता व्यक्तिलाई सरकारले सेवा र सुविधा पनि उपलब्ध गराउनु पर्छ । अनिमात्र देशमा रोजगार सिर्जना र आफू पनि रोजगार बन्न सकिन्छ ।’