Advertisement GIF
कल्पवृक्ष
असार १८ बुधबार, ६:०८ अपराह्न
एमसीसी परियोजनाको अन्योल हट्यो : कार्यान्वयन  हुने

अमेरिकी अनुदानमा सञ्चालन हुने मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाको कार्यान्वयन शंका मेटिएको छ । एमसीसीको अन्यौल कायम रहेको समयमा अमेरिकी सरकारले यो परियोजना कार्यान्वयनका लागि निर्णय गरेको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक सहयोग कार्यक्रम तीन महिनाका लागि रोक्ने आदेश दिएपछि नेपालमा पनि कार्यान्वयन चरणमा रहेका कृयाकलापहरु रोकिएका थिए ।

एमसीसी २०१७ मा हस्ताक्षर गरिएको परियोजना हो । यो ५ सय मिलियन डलर अमेरिकी अनुदान र १ सय ९७ मिलियन डलर नेपाली साझेदारीबाट कूल ६ सय ९७ मिलियन डलर बराबरको कार्यक्रम हो । यो परिचोजनाले विजुली प्रशारण लाइन विस्तार र सडक मर्मत गर्दै नेपालको ऊर्जा र सडकको क्षेत्रमा पूर्वाधार निर्माण गर्ने उदेश्य लिएको छ ।

अति विवादित यो परियोजना नेपालमा लागू गर्ने या नगर्ने विषयमा ठूलो बहस र समर्थत तथा बिरोध भएको थियो । अन्तत ः परियोजनाालाई चौतर्फी दबावबीच नेपालमा लागू गर्न सरकार सहमत भएको थियो ।