प्रहरीले क्रिप्टो करेन्सीको कारोबारमा संलगन ठूलो समूहलाई पक्राउ गरेको छ । जसमा ६ जना चिनिया नागरिकसमेत ५२ जना छन् ।
दूरसञ्चारको भेषमा कल सेन्टरको नाममा युवतिहरु परिचालन गरेर यो समूहले नेपालमा अबैध क्रिप्टोको कारोबार गर्दे आएको थियो । यो समूहबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १३ लाखभन्दा धेरै रुपैयाँ रामद गरेको छ । नगदसितै क्रिप्टोमा प्रयोग हुने डिभाइस, ल्यापटप, मोवाइलहरु पनि बरामद भएको सिआइबीले जनाएको छ । ललितपुर महानगरपालिका–४ स्थित दमकल चोकमा भाडामा लिएको घरमा छापा मारेर प्रहरीले उनीहरूलाई पक्राउ गरेको सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रकुबेर खापुङले बताउनु भयो ।
नेपालमा अबैध क्रिप्टो करेन्सीको कारोबारमा चिनिया नागरिकले नेपालीहरुलाई प्रयोग गर्दै आएका छन् । र, प्राय क्रिप्टोको कारोबार सञ्चालन भएका घटनामा चिनिया नागरिक कुनै न कुनै रुपमा जोडिएको पाइन्छ ।