राजनीतिमा सक्रिय हुने या नहुने दोसाँधबीच पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीले विशिष्ट व्यक्तिले पाउँदै आएको सरकारी सेवासुविधा फिर्ता गर्न गृह मन्त्रालयमा निवेदन दिएकी छिन् । चार दिनअघि राजधानीको राष्ट्रिय सभागृहबाट नेकपा एमाले पार्टीबाट पुनः सक्रिय राजनीति गर्ने उद्घोष गरेकी थिइन् ।
पूर्व राष्ट्रपति भण्डारीले सरकारले उनलाई दिएको विशिष्ट व्यक्तिले पाउने सुविधाबापत स्वकीय सचिवसहित एक जना निजामतीतर्फको उपसचिव, सवारी चालक र कार्यालय सहयोगी रहेन व्यवस्था छ । भण्डारीले गाडी र घरको सुविधा भने लिएकी थिइनन् । तर, इन्धन बापत सुविधा लिँदै आएकी थिइन् । त्यस्तै मसलन्द खर्चबापत भण्डारीले केही रकम लिने गरेकी थिइन् । ।
उनलाई सुरक्षाका दृष्टिले सरक्षाकर्मी भने दिइने गृहमन्त्रालयका अधिकारीहरुको भनाइ छ । २०७२ कात्तिक ११ मा र २०७४ फागुन २९ गते पुनः राष्ट्रपतिमा निर्वाचित बनेकी थिइन् ।