अबैध रुपमा ठूलो रकमको कारोबार हुने ‘क्रिप्टो करेन्सी’ नेपाल भित्रिएपछि यसले बैध मार्गबाट हुने आर्थिक कारोबारलाई चुनौति दिइरहेको छ । सेयर बजारजस्तो वालेटमार्फत कारोबार हुने यो क्रिप्टोग्राफी गरेर बनाइएको डिजिटल कम्युडिटी हो । क्रिप्टो करेन्सी नेपालमा २०७४ मा भित्रिएको हो । त्यसपछि यसको कारोबार के कति भइरहेको छ ? त्यसको कुनै विवरण प्राप्त हुन सकेको छैन । प्रहरीले त्यसयता दर्जनबढी संगठीत रुपमा यसको कारोबार गर्ने समूह रव्यक्ति पक्राउ गरेर मुद्धा भने दर्ता गर्दै आएकोे छ ।
‘क्रिप्टो कम्ष्युटरको विभिन्न प्रविधि प्रयोग गर्दै माइनिङबाट बनाइएको हुन्छ । यो तयार गर्दा माइनिङबाट आएकालाई प्रमाणित गर्छ । र, यो डिजिटल लेजरजस्तो हुन्छ र त्यसमै कनेक्ट हुन्छ । यसलाई विश्वका कुनै पनि देशले नियमन गर्दैनन् ।’–प्रहरीको साइबर ब्युरोका एक अधिकारीले भने । यसको कुनै टेण्डर हुँदैन । र, यसको कुनै तथा केही धितो पनि हुन्न । जस्तो नेपाल राष्ट्र बैंकले मुद्रा मुद्रण गर्दा त्यती मूल्य बराबरको सुन, चाँदी राख्छ, तर क्रिप्टोको केही राख्नै पर्दैन । यसको मूल्य सेयर बजारमा जस्तो तल र माथि भइरहन्छ । क्रिप्टो सञ्चालकले एक आइडी दिने र त्यही आइडीमा कनेक्ट भएपछि क्रिप्टो खरिद गर्नेले कारोबार गर्छन् ।
क्रिप्टो विश्वका केही देशमा बैध छ । नेपालमा भने नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै अबैध भनेको छ । क्रिस्टोको वालेट हुन्छ । र, कारोबार गर्नेले त्यही वालेटमार्फत कारोबार गर्छन् । पछिल्लो समय नेपालमा लागुऔषध, अवैध सुनको कारोबारमा क्रिस्टोको प्रयोग हुन थालेपछि यो चिन्ताको विषय बन्दै गएको प्रहरी अधिकारीहरुको भनाइ छ । ‘क्रिस्टो अपराधिक कृयाकलापमा प्रयोग भएको देखिन्छ । र, यसले भविष्यमा नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने प्रष्ट छ ।’– एक प्रहरी अधिकारीले भने ।
क्रिप्टो अनलाइन भुक्तानीको एक विधि हो । जुन वस्तु र सेवाहरूको बदलामा दिइन्छ । वास्तवमा क्रिप्टो नेटवर्कमा आधारित डिजिटल मुद्रा हो । विश्वका केही कम्पनीले आफ्नै क्रिप्टो करेन्सी पनि जारी गरेका छन् । जसलाई टोकन भनिन्छ । यी टोकनहरू सामान्यतया कम्पनीको आफ्नै वस्तुहरू र सेवाहरू खरीद गर्न प्रयोग गरिन्छ ।
वास्तविक मुद्रा र क्रिप्टो करेन्सीबीचको आधारभूत भिन्नता भनेको तपाईले बजारमा खर्च गर्ने पैसा देशको केन्द्रीय बैंकले जारी गर्दछ भने क्रिप्टोकरेन्सी एक व्यक्तिको स्वामित्वमा हुन्छ ।
वैदेशिक रोजगारमा गएका व्यक्तिहरु आफूले कमाएको रकम नेपाल पठाउनु भन्दा क्रिप्टोको विट क्वाइन खरिद गर्न तर्फ लागेको पाइन्छ । जसले नेपाल सरकारलाई प्राप्त हुने राजश्वदेखि देश भित्रने रकम पनि उतै जाम हुन थालेको छ ।
क्रिप्टो कारोबारको जानकारी लिन वा कसले चलाउँदैछ ? खोजी गर्न चुनौति छ । यसलाई पत्ता लगाउन प्रविधिको विकास पनि भइसकेको छ । त्यस्ता उपकरण खरिद गर्न करोडौं रकम लाग्छ । सरकारले चाहेमा त्यस्ता उपकरण गरिद गर्न सक्छ, निजी श्रोतबाट भने त्यो सम्भव नहुने प्रहरीहरुको भनाइ छ । क्रिप्टो १ विटको ६५ हजार डलरसम्म कारोबार भएको पाइन्छ । यसलाई समयमै नियन्त्रण गर्ने वा कानुनी दायरामा ल्याउन सक्नुपर्ने जानकारहरुको भनाइ छ ।