माधवकुमार नेपालको पार्टी नेकपा (एस) पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीमाथि खनिएको छ । (एस) ले झाँकीलाई अल्टिमेटमसहित ७२ घण्टे स्पस्टीकरण सोधेको छ ।
गत शनिबार रुपन्देहीको बुटवलमा आयोजिक सार्वजनिक कार्यक्रममाा बोल्दै झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई कुहिएको सिनो कााधमा बोकेर हिड्न नसक्ने बताएकी थिइन् । उनले पार्टी नेतृत्व पुनर्गठनको माग राख्दै दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर स्पस्टीकरण सोधिएको हो । पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष नेपाल जोडिएपछि पार्टी पुनर्गठनको प्रस्ताव अगाडि बढाउनुपर्ने भन्दै उनले कडा अभिव्यक्ति दिएकी थिइन् ।