झापा जिल्लामा कुटपिटबाट दुई जनाको मृत्यु भएको छ । जिल्लाको शिवसताक्षी नगरपालिकामा कुटपिटको घटना भएका हुन् । संगम चोक का १५ वर्षीय आदित्य तामाङ र अर्का एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्युसन पढेर घर फर्कने क्रममा दुधेको ध्रुवतारा अंग्रेजी माध्यमिक विद्यालयका केही विद्यार्थीहरूले आदित्यमाथि कुटपिट गरेका थिए। उनको उपचारका क्रममा मृत्यु भएको हो । सअघि आदित्यकै साथी रोमन थापाको पनि आइतबार बिर्ता मोडको बिर्ता सिटी अस्पतालमा मृत्यु भयो । उनको पनि कुटपिटबाटै मृत्यु भएको बताइन्छ ।