गायिका एलिना चोहानलाई सामाजिक सञ्जालमा अभद्र कमेण्ट गर्ने ललितपुर बोडेगाउँ बस्ने ३३ वर्षीय गुन्जन राईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले राईलाई पक्राउ गरेको हो । केहीअघि गायिका चौहानले आफूमाथि सामाजिक सञ्जालमा अभद्र व्यवहारका कमेण्ट आएको भन्दै ब्युरोमा उजुरी दिएकी थिइन् ।
ब्युरोका अनुसार चौहानले ४ जनाविरुद्ध उजुरी दिएपनि प्रहरीले एक जनालाई पक्राउ गरेको र अन्यको खोजी भइरहेको छ ।