पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने दुम्कीबासको विनयी खोलामा नयाँ पुल निर्माण भएको छ । पुल निमार््णसँगै यही पुलबाट बिहीबार (आज) देखि गाडीहरु चल्न थालेका छन् । यहाँ २ सय ५४ मिटर लामो पक्की पुल निर्माण भएको हो । यो पुल निर्माणकै क्रममा पुरानो पुलबाट गाडीहरु चल्दै आएका थिए ।
अधिक लोड भएको भारतीय गाडी यही पुरानो पुलबाट गुड्दा पुल नै भत्किएको थियो । त्यसपछि ९ पटकसम्म ड्राइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । खोलाको बाढीले ड्रइभर्सन बगाउने र बनाउने क्रम चलिरहेको थियो । कल्भर्ट हालेर ड्राइभर्सन बनाउँने र गाडी गुडाउनेक्रममा बसलाई खोलो तर्न खोज्दा २४ जना यात्रु खोलाबीचमा फसेका थिए । प्रहरीले उनीहरुको उद्धार गरेको थियो । बस भने ५ सय मिटरसम्म बगेको थियो ।