Advertisement GIF
कल्पवृक्ष
असार १९ बिहीबार, ६:१९ अपराह्न
दिलभूषण पाठक : २५ हजार धरौटीमा रिहा

युट्युबबाट घृणा र द्वेष फैलाएको आरोपमा मुद्धा खेपेका पत्रकार दिलभूषण पाठकलाई २५ हजार रुपैयाँ धरौटीमा छोडिएको छ । जिल्ला अदालतले काठमाडौंले बिहीबार (आज) थुनछेक बसहसँगै पत्रकार पाठकलाई धरौटी लिएर छोडेको हो । फैसलाको विस्तुत विवरण आएको छैन । यही असार १६ गते प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मुद्धा दायर गरेको थियो ।

देशको राजधानी काठमाडौंको नक्सालमा निर्माण भएको हिल्टन होटलमा कांग्रेस सभापति शेरबहादुर देउवा परिवारका सदस्यको लगानी भएकोे विषयमा युट्युवमा सामाग्री प्रशारणपछि पत्रकार पाठकविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो ।