पाँचथरको ओयाममा तरुण दलनिकट युवाहरुले मोटरसाइकल र मानिस आवतजावत गर्न मिल्ने २५ फिट लम्बाईको काठेपुल जनश्रमबाट निर्माण गरेका छन् । गत वर्ष असार पहिलो साता आएको बाढीले मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने ओयम खण्डको ठाडो खोलाको पक्की पुल बगाएको यियो । गिरिजाप्रसाद कोइरालाको स्मृति दिवशको अवसरमा तरुण युवाहरुले यो काठे पुल निर्माण गरेका हुन् ।
यो पुल निर्माणपछि स्थानीय गुप्तेश्वर माद्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, स्थानीयलाई खोला तर्न सहज भएको छ भने यहीँबाट वडा १ देखि ३ सम्मका बासिन्दा प्रत्यक्ष लाभान्वित भएको नेपाल तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले बताउनु भयो । यो काठे पुलबाट मोटरसाइकलसम्मका सवारी साधन पनि आवतजावत गरिरहेका छन् ।
यो श्रमदानामा स्थानीय रेडक्रस, प्रहरी चौकी, विक्रम सेलिङ, रणबहादुर गुरुङ, शिव पोख्रेल, धनेन सेलिङ, शैमेन्द्र, राजीव, नरेश ओयाम कन्ट्रक्सन, डिल्ली ओली, चन्द्रकुमार योङया, बबिन चौहान, किरण न्यौपाने, सविन गुरुङसमेतले गिटी, बालुवा, काठजस्ता निर्माण सामाग्री, खाजा, खानाको व्यवस्था गरेको दलका अध्यक्ष लामाले जानकारी दिनु भयो ।