Advertisement GIF
आर्थिक हिनामिनामा संलग्न नेपाली सेनाका जर्नेल र मेजर बर्खास्त

नेपाली सेनाका सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्कीलाई सेवाबाट बर्खास्त गरिएको छ । सैनिक विशेष अदालतले उनीहरुलाई बर्खास्त गर्ने फैसला सुनाएको छ । सैनिक कल्याणकारी कोषको सवा दुई करोड रुपैयाँ हिनामिना प्रकरणमा उनीहरुलाई सैनिक हिरासतमा राखेर अनुसन्धान गरिएको थियो ।

महासेनानी उत्तम सापकोटाको नेतृत्वमा गठित ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ले कोषको करोडौँ रकम हिनामिना भएको प्रारम्भिक निष्कर्ष निकालेपछि घटना सैनिक विशेष अदालतसम्म पुगेको हो । हिनामिना भएको रकम दुई जनाबाट असुल गर्न अदालतले आदेश दिएको छ । फैसलामा उनीहरु भविष्यमा अन्य सरकारी सेवाका लागि भने अयोग्य नहुने उल्लेख छ ।
(जनाआस्थाबाट)