Advertisement GIF
मविरुद्ध विद्या भण्डारीको नियोजित चर्चा चलाइएको छ : प्रधानमन्त्री केपी ओली

विदेश भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध पार्टीमा पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीलाई नियोजित रुपमा उचालेको बताउनु भएको छ स्पेन भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति भण्डारीको नाम उछालेर एमालेभित्र विवाद सिर्जना गर्न खोजिएको कडा आरोप पनि लगाउनु भएको छ ।

‘उहाँले भण्डारीलाई उछाल्ने शक्तिहरुको वास्तविकता जनतामाझ खुलिसकेको दावी पनि गर्नु भएको छ । स्पेनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओलीले बिहीबार साँझ म्याड्रिडस्थित नेपाली राजदूत निवासमा युरोपस्थित नेपाली समुदायका प्रतिनिधिसँगको छलफलमा यस्तो कुरा बताउनु भएको हो । उहाँले भन्नु भयो, ‘मेराविरुद्ध विद्या भण्डारी– विद्या भण्डारी भन्ने चर्चा चलाइएको छ, उहाँले आफैं केही भन्नुभएको छैन, अरूले उहाँको नाम अगाडि सारेका छन् ।’

प्रधानमन्त्री ओली आज (शुक्रबार) अपह्रान्न स्वदेश आइपुग्ने कार्यक्रम छ ।