नेपाली सेनाका सहायक रथी रविन्द्र खत्री उपरथीमा बढुवा भएका छन् । मन्त्रिपरिषद् बैठकले यही असार १३ गते उनलाई उपरथीमा बढुवा गरेको हो ।
सैनिक मुख्यालयमा शुक्रबार (आज) एक कार्यक्रमबीच खत्रीलाई प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो । उपरथी खत्रीलाई सेनाले उपत्यका पृतना काठमाडौंको पृतनापतिमा जिम्मेवारी दिएको छ ।
दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रमम सेनाका उच्च अधिकारीहरु सहभागी भएका थिए ।