मधेश प्रदेशका जनता समाजवादीका (जसपा) अध्यक्ष अशोक यादव पक्राउ पर्नै भएका छन् । उनी विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । नेता यादवले सर्लाही जिल्लाका प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई फोनबाट गाली गरेका थिए । उनले फोनबाट ‘तपाईँ लुटेराहरु, मधेशमा लुट्न आएको’ जस्ता गाली गरेका थिए ।
यसको अडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले अनुसन्धान सुरु गरेको छ । पक्राउ पूर्जी जारी भएपनि नेता यादव पक्राउ भने परिसकेका छैनन् ।