सशस्त्र प्रहरी बलले सुनसरीको धरान उप–महानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट करिव १ सय ९० किलोग्राम गाँजा बरामद गरेको छ ।भेडेटारबाट धरानतर्फ आउँदै गरेको बा१०च ६८५२ नम्बरको सुजुकी कारको डिक्कीमा प्लाष्टिकले प्याकिङ्ग गरी ल्याउँदै गरेको गाँजा सशस्त्र प्रहरी बल, सुरक्षा वेश धरानले बरामद गरेको हो ।
चेकजाँचका लागि रोक्ने क्रममा चालक सडकमा कार छाडेर फरार भएका छन् । सोही कारलाई पछ्याउँदै आएको को३५प २०४५ नम्बरको मोटरसाइकलमा सवार २ जनालाई पनि गाँजा तस्करीमा संलग्न रहेको शंकास्पद अवस्थामा देखिएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।