Advertisement GIF
सचेत र दक्ष युवाका लागि ‘कर्तव्यपथ’ अभियान सुुरु (तस्विरहरु)

नेपाली युवाहरूलाई लक्षित गरेर नैतिक नेतृत्व, अनुशासन, राष्ट्रिय चेतना, नागरिक जिम्मेवारी तथा अन्तर्राष्ट्रियस्तरमा सक्षम बनाउने उद्देश्यले ‘कर्तव्यपथ अभियान’ सुरु गरिएकोे छ ।

‘इगल थिंक ट्यांक’ ले यो अभियान सुरु गरेको हो । कर्तव्यपथले शारीरिक, मानसिक, नैतिक तथा नेतृत्व क्षमतामा समग्र विकास गराउने छ । मुलुक र समाज सेवामा समर्पित भावनासहित सुरक्षा, कूटनीति, नागरिक प्रशासन तथा संयुक्त राष्ट्र संघीय शान्ति मिसनहरूमा भविष्यमा योगदान दिने सक्षम युवाहरू तयार पार्न यो अभियान प्रभावकारी हुने नेपाली सेनाका सहायक रथी (अवकास प्राप्त) आरसी खत्रीले बताउनु भयो ।

कार्यक्रमले सुरक्षा सचेतनाअन्तर्गत राष्ट्रिय सुरक्षा संरचना, प्रयोगात्मक सुरक्षा सिपहरू, शारीरिक दक्षता र अनुशासनको ज्ञान दिने, मानवकार्यक्रमले सुरक्षा सचेतनाअन्तर्गत राष्ट्रिय सुरक्षा संरचना, प्रयोगात्मक सुरक्षा सिपहरू, शारीरिक दक्षता र अनुशासनको ज्ञान दिने, मानव संसाधन तथा नैतिक नेतृत्व शीर्षकमा नागरिक कर्तव्यबोध, टोलीमा नेतृत्व गर्ने सिप, नैतिकता र इमानदार नेतृत्व विकास अघिबढाउनेसमेत उदेश्य लिएको छ ।

यस्तै कूटनीति तथा संयुक्त राष्ट्र संघीय शान्ति मिसन स्तम्भअन्तर्गत कूटनीतिक शिष्टाचार, अन्तर्राष्ट्रिय वार्ता, शान्ति संचालन प्रणाली र अन्तर संस्कृतिक नेतृत्व विकासका पक्षहरूमा सीप हस्तान्तरण गर्ने र साहसिक, जीवन रक्षा सीप तथा सहनशीलता निर्माणअन्तर्गत साहसिक क्रियाकलाप, मानसिक सुदृढता, बाहिरी वातावरणमा बाँच्न सक्ने क्षमता र समस्या समाधान गर्ने सिप युवाहरुले प्राप्त गर्नेछन् ।

इगल थिंक ट्यांकका प्रबन्ध निर्देशक नेपाली सेनाका पूर्व सहायक रथी खत्रीले देशको जटिल सुरक्षा, कूटनीति र विश्वशान्ति व्यवस्थामा नेपालले अनुशासित, जानकार एवं नैतिक प्रतिबद्धतायुक्त नयाँ पुस्ताको नेतृत्व तयार गर्न आवश्यक रहेको बताउनु भयो ।

‘‘कर्तव्यपथ एउटा अभियान हो,’ उहाँले भन्नु भयो, ‘जसले हाम्रा विद्यार्थीहरूमा राष्ट्रिय गौरव, अनुशासन, नैतिकता र सेवा भाव जगाउनेछ।’ स्थानीय सरकार तथा शैक्षिक संस्थाहरूलाई आफ्नो युवा सशक्तिकरण, नागरिक शिक्षा तथा नेतृत्व विकास कार्यक्रमलाई प्राथमिकतामा राख्न ट्याङ्कले आग्रह गरेको छ ।

भारतस्थित नेपाली दूतावासमा सैनिक सहचारीको रुपमा कार्यरत रहिसक्नु भएका पूर्व सहायक रथी खत्रीका अनुसार नेपाली विद्यार्थी तथा युवालाई कुशल नेतृत्व प्रदान गर्न, अनुशासनमा बस्न, देशको सबै पाटाका विषयमा जानकारी राख्न इगल थिङ्क टयाङ्कले सबै क्षेत्रका विज्ञ, समाजका अगुवा र देशमा कुनै न कुनै क्षेत्रमा योगदान दिएका व्यक्तिहरुसित सहकार्य गर्दै जाने लक्ष्य राखेको छ ।