कर्णाली प्रदेशको हुम्ला जिल्लालाई राष्ट्रिय सडक संजालसँग जोड्नको निमित्त हिल्सा– सिमिकोट सडक खण्डको खार्पुनाथ गाउँपालिका– ५ स्थित चुवाखोलामा नेपाली सेनाद्वारा जडान गरिएको बेलीवृजको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (आज) उद्घोटन गर्नु भएको छ ।
०८१ चैत्र १२ गतेबाट नेपाली सेनाको फौज पुल निर्माण स्थलमा खटिएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कर्णाली प्रदेश सरकार, स्थानीय जनप्रतिनिधि र स्थानीय जनसमुदायको समन्वयमा जडान गरिएको ५१ दशमलब ८ मिटर लम्बाइ, ४ दशमलव २ मिटिर चौडाइ र २१ टन अधिकतम भारवहन क्षमता रहेको बेलीवृज सञ्चालन भएसँगै हिल्स– (सिमिकोट सडक खण्डमा बाह्रै महिना सवारी साधन आवागमन हुनेछ ।
उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश प्रमुख, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, रक्षामन्त्री, कर्णाली प्रदेशका मुख्यमन्त्री, प्रधान सेनापतिसमेतको सहभागिता रहेको थियो ।