नेपाल विद्युत् प्राधिकरणलाई यो आर्थिक वर्ष २०८१/ ०८२ मा ९ अर्ब ११ करोड ३२ लाख रूपैयाँ नाफा भएको छ ।
यो आर्थिक वर्षको असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानीसमेत ४१ अर्ब ८० करोड ६८ लाख रूपैयाँ आय भएको हो । आयमध्ये खर्च ३२ अर्ब ६९ करोड ३६ लाख रूपैयाँ भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँबराबरको सञ्चालन सम्भार खर्च गरेको छ । वितरण केन्द्रको विद्युत् बिक्री रकम २८ अर्ब ९५ करोड आठ लाख ९८ हजार रुपैयाँ रहेको छ ।